एकै दिन १५ हजार ९ सयले घट्यो सुन, व्यवसायी नै अचम्मित !
काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ हजार ९०० रुपैयाँले घटेर एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ११५ रुपैयाँले घटेर प्रतितोला १८४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
Source : https://arthasarokar.com/2024/11/gold-fell-by-15900-in-one-day-businessmen-are-surprised.html