काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर हस्तान्तरण

काठमाण्डाै – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाबाट विभिन्न समयमा हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सोह्रखुट्टे, मालीगाँउ, मङ्गलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका ठाउँबाट फेला पारेको थ...

Source : https://ujyaaloonline.com/story/109368/2024/11/28/27-lost-motorcycles-and-scooters-were-found