काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः निवेदन माग
काभ्रेपलाञ्चोक – काभ्रेको भुम्लु गाउँपालिकाले लालपुर्जाको समस्या रहेका वडा नम्बर ७ र ८ का बासिन्दासँग पुनः निवेदन मागेको छ । पाँच दशकदेखि आफ्नै जग्गाको लालपुर्जा नभएका स्थानीयवासीको समस्या समाधान गर्न गाउँपालिकाले पुनः निवेदन माग गरेको हो । केही वर्षअघि माग गर्दा गाउँपालिका कार्यालयमा नौ सय ८४ निवेदन परेका छन् । दुई वडामा झन्डै दुई हजार पाँच सय परिवार लालपुर्जाविहीन अवस्थामा रहेका विवरणका आधारमा छुट भएकासँग निवेदन मागेको गाउँपालिकाले जनाएको छ । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी...
Source : https://ujyaaloonline.com/story/109246/2024/11/25/request-for-re-application-from-residents-