कालीकाेटकाे तिलागुफामा आगलागी हुँदा ३ वटा घर जले

कालीकाेट – कालीकोटको तिलागुफा नगरपालिका–६ जुविथामा आगलागी हुँदा तीन वटा घर जलेका छन् । स्थानीयवासी परेक शाहीको घरबाट शुरू भएको आगोले अरू दुई वटा घर पनि जलेका हुन् । प्रहरी चौकी खल्ला, प्रहरी चौकी गाल्जे, प्रहरी चौकी नाग्म र जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले आगो निभाएकाे कालीकाेटका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलले जानकारी दिनुभयो । आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

Source : https://ujyaaloonline.com/story/107846/2024/10/16/3-houses-were-gutted-in-a-fire-in-tilagufa