काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईकाे २० लाख रुपैयाँ सहयोग
काठमाण्डाै – काेहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लोबल आईएमई बैंक लिमिटेडले २० लाख रुपैयाँ सहयाेग गरेकाे छ । ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक मेयर संगीता सुवेदीलाई एक समारोहका बीच २० लाख रुपैयाँकाे चेक हस्तान्तरण गर्नुभयो । कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदाह गर्नका लागि कोहलपुर–११ मा रहेकाे डुडुवा खोला र रोहिणी खोलाको सङ्गमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम शुरू...
Source : https://ujyaaloonline.com/story/109338/2024/11/27/help-for-construction-of-electric-crematorium