खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि हलेसीलाई

खोटाङ। 

“मेरो गोल, लैङ्गिक हिंसा विरूद्धको बोल” भन्ने नारासहित खोटाङमा आयोजना गरिएको खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि खोटाङको हलेसीले चुमेको छ । हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न फाईनल खेलमा पद्मा स्पोर्टस क्लब, ओखलढुंगालाई पराजित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले उपाधि चुमेको हो । 

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ट्राईब्रेकरमा धकेलिएको खेलमा ३–२ गोल अन्तरले हलेसी बिजयी बनेको हो । लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पार्दै गत शनिवार सुरु भएको प्रतियोगिताको सेमिफाईलन खेलमा खोटाङकै जन्तेढुंगा गाउँपालिकालाई पराजित गर्दै हलेसी र भोजपुरलाई पराजित गर्दै ओखलढुंगा फाईलनमा प्रबेश गरेको थियो ।  

हलेसीबजारको बसाहा गुफा खेलमैदानमा सम्पन्न खेलमा जम्मा १६ टिम सहभागी बनेका थिए । विजेता बनेसँगै हलेसीले नगद १ लाख १० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन् । यस्तै, उपविजेता ओखलढुंगाले ५५ हजार ५ लाख ५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । 

प्रतियोगिताका सेमिफाईनालिस्ट भोजपुर र जन्तेढुंगा गाउँपालिकालाई भने समान नगद २२ हजार २ सय २२ सहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाको खेल संयोजक मिलन कसजुले बताए ।

प्रतियोगिताका बेष्ट प्लेयर हलेसीका प्रतिक्षा ठकुरी घोषित भएकी छन् । उनी  नगद एक हजार ५ सय ५५ को साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत भएकी छन् । 

 प्रतियोगिताको बेष्ट डिफेण्डर हलेसीका कर्सा ओली, बेष्ट मिड प्लेयर ओखलढुंगाकी खुस्मा राई, हाई स्कोरर ओखलढुंगाकी सुक्रिया मिया , बेष्ट किपर हलेसीका सुजता तामाङ र बेष्ट कोचमा हलेसीका लोकेन्द्र केसी  पुरस्कृत हुनुभएको छ । उहाँहरुले जनही नगद एक हजार एक सय ११ रुपैंयाँको साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

प्रतियोगिताको समापनमा कोसी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर्ण(पीके) राई प्रमुख अतिथि रहेका थिए । उनले खेल जगतमा पछिल्लो समय नेपालका महिला खेलाडीले देशको शान बढाएकोमा गर्व गरे । महिला मैत्री कार्यक्रम आयोजना गरेर हलेसी तुवाचुङ नगरपालिकाले सह्रानीय कार्यक्रमको आयोजना गरेको राखे । 

लैंगिक समानता स्थापित गर्नका लागि महिला फुटबलको आयोजना गरिएकोतर्फ मेयर बिमला राईले संकेत गरे । महिलाहरुको शक्ति प्रदर्शन गर्नका लागि समेत खुल्ला महिला फुटबल प्रतियोगिता आयोजना गराइएको मेयर राईको भनाई छ ।

खेलको उद्घाटन भने कोसी प्रदेशका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले गरेका थिए ।

Source : https://newsofnepal.com/2024/11/25/679984/