पीडा दिनेलाई सघाउने “स्टकहोम सिन्ड्रम”

स्टकहोम सिन्ड्रम एक यस्तो अवस्था हो जसमा मानिस आफूलाई अपहरण गर्ने मानिसकै समेत प्रेममा समेत पर्न सक्छ।
तपाईले धेरै पटक सुन्नुभएको होला कि कसैले महिलाको मानसिक शोषण गर्छ वा अपहरण गर्छ। तर, ती महिला उल्टै उसको प्रेममा पर्छिन्। यस्तो अवस्था धेरै हलिउड फिल्म र बलिउड फिल्म हाइवेमा पनि देखाइएको थियो। त्यस्तै, चर्चित ओटीटी सिरिज मनि हाइस्टमा पनि यस्तै अवस्था देखाइएको छ।

वास्तवमा यो एक प्रकारको मुड हो, जसमा पीडित व्यक्ति अपहरणकर्तासँग लगातार बस्न थालेपछि उसमा एक प्रकारको सहानुभूतिको भावना विकास हुन्छ। अपहरणकर्ताले आफूमाथि राम्रो व्यवहार गर्न थालेपछि लाग्न थाल्छ कि अपहरणकर्ताले आफ्नो कल्याण चाहन्छ। त्यसैले मानिस उप्रति सकरात्मक भइदिन्छ।

सन् १९७३ अगस्ट २३ मा स्वीडेनमा भएको एउटा घटनापछि यो मानसिक अवस्थालाई स्टकहोम सिन्ड्रोम नाम दिइएको थियो। सन् १९७३ मा स्विडेनको राजधानी स्टकहोममा जान एरिक ओलसननामक लुटेराले आफ्नो एक साथीको साथमा बैंकका ४ कर्मचारीलाई अपहरण गरेको थियो। उनीहरूले बैङ्कको सुरक्षाकर्मीलाई घाइते बनाएर तीन महिला र एक पुरुषलाई ६ दिनसम्म बन्धक बनाएर राखे। प्रहरीले बैङ्कका कर्मचारी अपहरण परेको खबर पाएपछि बन्धक भएको ठाउँमा पुग्यो। तर त्यहाँको दृश्य देखेर प्रहरी नै चकित परे। ती कर्मचारी अपहरणकारीसँग भावनात्मकरूपमा यति घुलमिल भएका थिए कि ती व्यक्ति उल्टै प्रहरीसंग डराउन थालेका थिए र आफूहरूलाई बन्धक बनाउने व्यक्तिकै बचाउमा उत्रिन थालेका थिए।

आफूले अपहरण गरेको व्यक्तिहरूको आड पाएका अपहरणकारी ओल्सनले पनि प्रहरी सामू आफ्नो माग राख्न शुरू गरे। उनले जेल सजय भोगिरहेका आफ्नो साथी क्लर्क ओलोफसनलाई रिहा गर्नुपर्ने, तीस लाख स्विडिस क्रोनर पाउनुपर्ने र त्यहाँबाट सुरक्षित निस्किनका लागि कार, दुई बन्दुक र बुलेट प्रुफ भेस्टको माग गरेका थिए भने बन्दीसंगै आफू पनि सो स्थानबाट निस्किन पाउनुपर्ने नत्र ती बन्दी व्यक्तिलाई मार्ने धम्की दिएका थिए। प्रहरी र अपहरणकर्ताबीच भित्र र बाहिरबाट भएको कुराकानी टेलिभिजनबाट प्रत्क्षय प्रसारण भइरहेको थियो। मानिसहरूले भित्र बन्दीको अवस्था कस्तो होला भन्नेमा कौतुहलता देखाइरहेका थिए। भित्रको वातावरण भने आममानिसले सोचेभन्दा फरक थियो। ओल्सनले एक बन्दीलाई जाडो हुँदा आफूनै ज्याकेट खोलेर दिएको थियो भने घरमा फोन गर्छु भन्दा कुराकानी पनि गर्न दिएको थियो।

प्रहरीले अपहरणकारीलाई बाहिर निस्किनका लागि मनाउन विभिन्न प्रयास गरिरहेको थियो। यस कार्यमा स्विडेनका तत्कालीन प्रधानमन्त्री ओलोफ पाल्मे पनि लागि परेका थिए। यहीबीच एक बन्धक महिलाले प्रधानमन्त्री ओलोफलाई फोन गरेर आफूहरूलाई अपहरणकारीसँग नभई प्रहरीसंग डर लागेको बताइन्। ओल्सनले आफ्नो साथमा एकजना मात्र बन्दी लिएर जान लागेको र ओल्सनसंग आफू जान चाहेको बताइन्। यसरी नै पाँचँै दिन बित्यो र छैटौं दिनमा प्रहरीले अश्रुग्याय प्रहार गरेपछि ओल्सनले आत्मसमर्पण ग¥यो।

प्रहरीले पहिले चार बन्धक र पछि अपहरणकारीलाई बाहिर निस्किुनु भने पनि ती बन्दीहरूले आफूहरू र ओल्सनसंगै निस्किने बताए। संगै निस्किन नपाएपछि ती व्यक्तिहरूले ओल्सनसंग अंकमाल गर्दै माया दर्शाए। त्यहाँबाट निस्किेपछि प्रहरीले ओल्सनविरुद्ध मुद्दा चलायो। ती बन्धक व्यक्ति भने सहयोग रकम उठाएर ओल्सनलाई जेलमै भेटन् जाने गर्थे। यस घटनाबारे सिक्स डेज इन अगस्टनामक पुस्तक समेत लेखिएको छ।

स्विडेनको राजधानीमा भएको यस घटनाले सनसनी मच्चिएपछि यसबारे अध्यन हुन थल्यो। स्टकहोममा भएको घटनाका कारण मनोवैज्ञानिक निद्यस बेजरटले यस्तो अवस्थालाई स्टकहोम सिन्ड्रम भन्ने नाम दिए।

यो सिन्ड्रम चरम तनाव र निर्भरताको परिणाम हो, जुन पीडितहरूले अनुभव गर्छन्। जब उनीहरूलाई अपहरणकारीले आधारभूत आवश्यकता प्रदान गर्दछ वा दया देखाउँछ, यसले पीडितसँग सम्बन्ध बन्छ। यो प्रतिक्रिया डर र अनिश्चिततासंग सामना गर्नका लागि एक संयन्त्र पनि हुन सक्छ।
पीडितहरूले आफ्ना अपहरणकारीहरूप्रति कृतज्ञता, सहानुभूति वा स्नेह महसुस गर्न सक्छन्। तिनीहरूले आप्mनो अपहरणकारीहरूको कार्यको पक्षमा वा साथ दिन सक्छन्। कहिलेकाही यस्तो अवस्था उनीहरूकोे लागि हानिकारक हुनसक्छ।

स्टकहोम सिन्ड्रमको अवस्था अहपरणबाट शुरू भए पनि यो अन्य परिस्थितिहरूमा पनि हुन सक्छ। जस्तै आफूमाथि जबरजस्ती वा दुव्र्यवहार गर्नेप्रति र अपमानजनक सम्बन्धमा रहेको अवस्थामा पनि यो अवस्था बन्दी वा दुव्र्यवहार अनुभव गर्ने सबैलाई स्टकहोम सिन्ड्रोम विकास हुँदैन। अपहरणकारीसंगको सम्बन्धको प्रकृति, कैदको अवधि, र व्यक्तिगत मनोवैज्ञानिक लक्षणजस्ता कारणले भूमिका खेल्छन्।

स्टकहोम सिन्ड्रोममा पीडितलाई उनीहरूको अनुभव र भावनालाई बुझेर सामान्यतया मनोवैज्ञानिक परामर्श दिइने गरिन्छ।

Source : https://newsofnepal.com/2024/11/25/680016/