चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढ्यो

काठमाण्डौ – वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा साढे २१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका हुन् । समग्रमा यो २१ दशमलव ६३ प्रतिशतले बढेको नाफा हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटाको नाफा बढेको छ । आठ वटाको नाफा घटेको छ । लक्ष्मी सनराइजको नाफा चार सय २० प्रतिशत भन्दा धेरैले बढेको छ । ग्लोबल आईएमई, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई, प्राइम कमर्सियल,...

Source : https://ujyaaloonline.com/story/108088/2024/10/23/profit-of-banks-increased-21-and-a-half-percent