चुरियामाई मन्दिर नजिकै बस पल्टिँदा १७ जना घाइते

काठमाडौं– मकवानपुरको चुरियामाई मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

मकवानपुर प्रहरीका अनुसार वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो । दुर्घटनामा बसमा सवार १७ जना घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि ८ जनाको डिस्चार्ज भइसकेको र अन्य ९ जनाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/11/186588/