जसपा विभाजनविरुद्धको रिट हेर्न निमल्नेमा

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनविरुद्ध दायर रिट सर्वोच्च अदालतमा हेर्न नमिल्ने सूचीमा परेको छ। न्यायाधीश हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइका लागि पेशी तोकिए पनि उक्त रिट हेर्न नमिल्नेमा परेको हो।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विरोधमा सर्वोच्चमा रिट दायर गरेका थिए। अशोक राईको नेतृत्वमा सात सांसदले गत वैशाख २३ गते जसपा विभाजन गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। सोही निवेदनको आधारमा आयोगले वैशाख २४ गते आधिकारिकता प्रदान गरेको थियो।

उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै यादवले सर्वोच्चमा न्याय माग गरेका थिए। जसपा विभाजनपछि उपेन्द्र यादवको पक्षमा १२ मध्ये ५ सांसद मात्र रहेका छन्, भने अशोक राईसँग ७ सांसदको समर्थन रहेको छ।

The post जसपा विभाजनविरुद्धको रिट हेर्न निमल्नेमा appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496379/