ट्रम्पले महिलाहरुलाई अपमान गरिरहेको ह्यारिसको आरोप

उप राष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पले महिलाहरूको आफ्नो जीवन र आफ्नो शरीरसम्बन्धी निर्णय गर्ने अधिकारको विषयमा नबुझेको बताउनु भएको छ ।

यो सबैका लागि अपमानजनक हो ह्यारिसले आफ्नो पश्चिमी राज्यहरू एरिजोना र नेभाडामा प्रचार अभियान अघि भन्नुभयो ।

ह्यारिसले फिनिक्समा भएको र्यालीमा महिलाको स्वतन्त्रता र महिलाको आफ्नो हितमा निर्णय गर्ने कुरालाई ट्रम्पले सम्मान नगर्ने बताउनु भयो । तर हामी महिलाहरूलाई विश्वास गर्छौं ह्यारिसले भन्नुभयो ।

ह्यारिसले महिला मतदाताहरूलाई स्वतन्त्रताको सन्देशसहित आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास गरिरहनु भएको छ । महिलाहरूलाई आफ्नो शरीरसम्बन्धी निर्णय आफैं गर्न स्वतन्त्र हुनुपर्ने भन्दै उहाँले यदि ट्रम्प विजयी भए महिलाबिरुद्धका थप प्रतिबन्ध आउने चेतावनी दिनुभयो ।

ट्रम्पले अमेरिकी सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका थिए । जसका कारण संघीय गर्भपात अधिकार उल्टाइएको ह्यारिसको दावी छ ।

ट्रम्पले सार्वजनिक कार्यक्रमहरूमा र सामाजिक सञ्जालमा महिलाहरूलाई जोगाउने र उनीहरूले गर्भपातबारे सोच्नुपर्ने छैन भन्ने आश्वासन दिइरहनु भएको छ ।

ट्रम्पले सामान्यतया महिलालाई अपराधी, आतंककारी र विदेशी खतराबाट जोगाउने कुरा बढी गर्दै आउनु भएको छ ।

Source : https://www.khasokhas.com/211216



Related Posts