धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको आरोप
काठमाण्डौ – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले अस्ति सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेको थियो । श्रेष्ठ पेट्रोल पम्प व्यवसायी हुनुहुन्छ । उहाँ यअसघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पनि हुनुहुन्थ्यो । गएको रमेशकुमार हमालको पदावधि सकिएपछि रिक्त रहेको पदमा पदपूर्त...
Source : https://ujyaaloonline.com/story/109264/2024/11/26/shrestha-appointed-as-chairman-of-securities-board