नेपाल फर्निचर फ्याक्ट्री पोखरामा पनि, फर्निचरका सामानमा २५ प्रतिशत छुट

पोखारा– एक दशकभन्दा लामो समयदेखि काठमाडौंलगायत विभिन्न स्थानबाट सेवा दिँदै आएको नेपाल फर्निचर फ्याक्ट्रीको नयाँ शाखा खुलेको छ । पोखरा महानगरपालिका–५ पर्स्याङमा कम्पनीको नयाँ शाखा विस्तार गरिएको हो ।

कम्पनीका ब्रान्ड एम्बोस्टर सञ्चारकर्मी अपिल त्रिपाठीले सोमबार उक्त शाखाको उद्‌घाटन गरेका छन्। त्रिपाठी हालसालै नेपाल फर्निचर फ्याक्ट्रिको ब्रान्ड एम्कोस्टरमा नियुक्त भएका हुन् ।
नयाँ शाखा विस्तार गरिएको अवसरमा ग्राहकहरुलाई फर्निचरको सामानमा भारी छुट दिएको नेपाल फर्निचर फ्याक्ट्रि प्रालिका सञ्चालक सुजन अधिकारीले बताए । उनले भने, ‘यो एक महिनाका लागि सामानमा ५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौँ ।’

नेपालमा नै बनेको उत्पादनबाट फर्निचरका सामान तयार गरेर करिब १२ वर्षदेखि कम्पनीले बेच्दै आएको उनले बताए । यसअघि कम्पनीले काठमाडौँ, चितवन र बुटबलबाट सेवा प्रदान गरिरहेको थियो । पोखराका ग्राहकलाई विशेष सुविधाका साथ दिने उद्देश्यका साथ कम्पनीको चौथो शाखाको रुपमा पोखरामा सेवा विस्तार गरिएको उनको भनाइ छ ।

कम्पनीका चारवटा शाखामा गरेर ५ करोड भन्दा बढी लगानी भएको सञ्चालक अधिकारीले बताएका छन् । पोखरामा शाखा खोल्नका लागि १ करोड भन्दा बढी लगानी भएको उनको भनाइ छ ।

नेपाल फर्निचर फ्याक्ट्रीले सोफा, बेड, दराज, डाइनिङ टेबुलहरू लगायत विभिन्न डिजाइनका फर्निचरहरू उपलब्ध गराउँदै आएको छ । ग्राहकले आफ्नो कोठाको साइज अनुसार फर्निचरको डिजाइन बनाउने सुविधासमेत दिइएको छ । नेपालका जुनसुकै ठाउँमा फर्निचर डेलिभरी गरेर ग्राहकलाई सन्तुष्ट बनाउनसक्ने क्षमता कम्पनीसँग रहेको सञ्चालक अधिकारीको दाबी छ ।

नेपाल फर्निचरको सबै शाखामा गरेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा १ सय जनाले रोजगार पाएका छन् ।

Source : https://onlinetvnepal.com/2024/11/186808/