पञ्चकर्म तथा प्राकृतिक चिकित्सा शिविर
महोत्तरीको मनराशिस्वा नगरपालिकामा सात दिने पञ्चकर्म तथा प्राकृतिक चिकित्सा शिविर सम्पन्न भएको छ ।
मनराशिस्वा नगर आयुर्वेदको चिकित्सालयमा आयोजित सातदिने शिविरमा सहभागीहरुलाई पञ्चकर्म, योगा तथा प्राकृतिक चिकित्साका सम्पूर्ण क्रियाहरु गराइएको थियो । नसर्ने रोग रोकथाम तथा नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ संचालन गरिएको शिविरको अन्तिम दिनमा सहभागिहरुमा उच्च रक्तचाप, मधुमेहलगायत पाचन तथा स्वासप्रश्वास सम्बन्धीको समस्यामा देखिएको सुधारको अनुभव समेत संकलन गरिएको थियो ।
पञ्चकर्म तथा प्राकृतिक चिकित्सा शिविरमा ३७ जना सहभागी रहेका थिए । सो शिविरमा सहभागिहरुको रगत जाँच, उच्च रक्तचापलगायत विभिन्न जाँच गरी पहिलो दिनको तथ्यांक संकलन गरी त्यसपछिको प्रत्येक दिनको शिविरमा उनीहरुको स्वास्थ्य अवस्थाको तथ्यांक संकलन गर्ने गरिएको नगर आयुर्वेद चिकित्सालाय मनराका प्रमुख संजय यादवले जनाएका छन् ।
पञ्चकर्म तथा प्राकृतिक चिकित्सा शिविर लाभदायक र फलदायक समेत रहेको स्थानीय रामदिनेश चौधरीले बताएका छन् । मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेयले शिविरमा गरिएको अभ्यास सहज र कम खर्चिलो भएकोले यसलाई घरमा निरन्तर अभ्यास गरेसँगै योगा अभ्यासलाई पनि नछोड्न सहभागीहरुसंग आग्रह गरे । उनले एकीकृत उपचार पद्धति मापÞर्mत नगरपालिकाको स्वास्थय अवस्थालाई सबल सक्षम बनाउने योजना सहित स्वास्थ्य सेवामा स्थानियको पहुँच सहज बनाउन नगरपालिकाको लक्ष्य रहेको जानकारी दिए ।
सातदिने शिविरमा जलनेती, योगा अभ्यास, माटोपट्टी, माटो स्नान, अकुप्रेसर अभ्यास, शरीरमा तेल मालिश, बवन, बस्ती, बाफ स्नान जस्ता पंचकर्म तथा प्राकृतिक चिकित्साको अभ्याससंगै करेला, गोलभेडा, क्राक्रो, एलोवेरालगायतका जुसको सेवन सहभागीहरुले सातदिने शिविरमा सेवन गरेका थिए ।
The post पञ्चकर्म तथा प्राकृतिक चिकित्सा शिविर appeared first on Janakpur Today.