परराष्ट्रमन्त्री राणा १३ मंसिरमा चीन जाने

काठमाडौं ।

परराष्ट्र मन्त्री आरजु राणा मङ्सिर १३ गते चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन।

प्रधानमन्त्री ओली १७ मङ्सिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन्। मुख्यतया: चीनको ठुला परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ। 

Source : https://newsofnepal.com/2024/11/25/679897/