प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, आजदेखि नियमित काममा फर्किने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि आजदेखि नियमित काममा फर्किन लागेका हुन् ।
चिकित्सकले परिक्षण गरेका सबै रिपोर्टहरु समान्य रहेको जनाउँदै काम फर्किन सुझाव दिएपछि प्रधानमन्त्री ओली आजदेखि काममा फर्किन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो । अब आजबाट भने ओली नियमित काममा फर्किन लागेका हुन् ।
ज्वरोका कारण बुधबार प्रधानमन्त्रीले अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट गरेनन्। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिव्या सिंह शाहले उनलाई भाइरल ज्वरो भएको पुष्टि गरेकी थिइन् । घाँटीमा सामान्य सक्रमण पनि भएको र भाइरल ज्वरो आएकाले केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।