बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अरु ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ । पक्राउ पुर्जी जारी भएकामा लेखक एवम् शिक्षाविद् प्राध्यापक जफर इकबाल र पूर्वन्यायाधीश शम्शुद्दीन चौधरी मणिक पनि रहेका छन् । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) का मुख्य अभियोजक इस्लामले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र आउँदो नोभेम्बर १८ तारिखमा अदालतमा पेश गर्न आदेश दिएको बताउनुभएको...

Source : https://ujyaaloonline.com/story/107878/2024/10/17/arrest-warrant-against-bangladesh-former-pm