बङ्गलादेशमा राष्ट्रपतिलाई अपदस्थ गर्न आन्दोलनकारी समूहको दबाब

गएको अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित हुनुभएको थियो । यो पद संवैधानिक भए पनि उहाँको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीत...

Source : https://ujyaaloonline.com/story/108269/2024/10/28/bangladesh-protesters-demand-president-resignation