बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र दर्शन गर्ने भक्तजनको भिड
काठमाण्डौ – भाइटीकाको अवसरमा काठमाण्डौको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र दर्शन गर्ने भक्तजनको भिड लागेको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला गरिएको हो । वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । मन्दिर आज दिनभर खुला हुनेछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यो मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त मन्दिर २०७७ सा...
Source : https://ujyaaloonline.com/story/108433/2024/11/3/crowd-devotees-wearing-bhaitika-having-darshan