भारतमा रोगको सङ्क्रमण देखिएका कारण सयपत्री फूलको आयातमा प्रतिबन्ध
काठमाण्डौ – भारतमा सयपत्री फूलमा विभिन्न रोगको सङ्क्रमण देखिएका कारण सरकारले सयपत्री आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । सयपत्री फूल वा सयपत्रीका माला भित्राएमा त्यसबाट भारतमा देखिएका झण्डै डेढ दर्जन किरा र रोग पनि भित्रिएर नेपालको सयपत्री फूललाई असर गर्ने भएकोले प्रतिबन्ध लगाएको प्लान्ट क्वारेन्टीन तथा व्यवस्थापन केन्द्रको क्वारेन्टिन नियमन शाखाका इन्चार्ज प्रकाश पौडेलले बताउनुभयो । कतै अबैध रुपमा भित्रिरहेको भए पनि सुरक्षा निकायलाई जानकारी गराएर जमिनमुनी गाडी नष्ट गर्नुपर्ने उहाँको भनाइ छ । यसवर्ष असोजको दोस्रो हप्ताको व...
Source : https://ujyaaloonline.com/story/108361/2024/10/31/india-bans-import-of-marigold-flowers--