मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम
महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम गरी स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् । शिव मन्दिरको शिवलिङ तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम– जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्दोलन उत्रेका हुन् ।
अज्ञात समूहले शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीयहरुले आज बिहानदेखि नै सडक अवरुद्ध गरेका छन् । मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेको स्थानीय युवा रामशंकर यादवले बताए । शिव मन्दिरको प्रतिमास्वरुप शिवलिङ अज्ञात समूहले तोडफोड गरेकाले आफूहरु आन्दोलनमा उत्रेर दोषीलाई कारबाहीको माग गरेको उनले बताए ।
महोत्तरी प्रहरीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सन्तु जयसवारले मन्दिरमा अज्ञात समूहले तोडफोड गरेकोले स्थानीयहरु आन्दोलित भएको जानकारी दिए । उनले सडक अवरुद्ध पारेको र सो सडक खुलाउनका लागि पहल थालिएको र स्थानीयवासीहरुसंग छलफल थालिएको बताए ।
The post मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम appeared first on Janakpur Today.