माउन्ट फुजीमा अझै हिउँ परेन, रेकर्ड तोडियो
टोकियो – माउन्ट फुजी सोमबारसम्म हिउँविहीन रह्यो- १३० वर्षअघिदेखि रेकर्ड राख्न थालिएपछि हिउँले नछोपिएको यो अहिलेसम्मकै ढिलो मिति हो ।
सामान्यतया अक्टोबर २ मा ज्वालामुखीको हिउँको टोपी बनिन थाल्छ, भने गत वर्ष अक्टोबर ५ मा पहिलो पटक हिउँ देखिएको थियो । तर यो वर्षको गर्मी मौसमका कारण हालसम्म जापानको सबैभन्दा अग्लो हिमालमा हिउँ परेको छैन ।
यसले तुलना गर्न सकिने तथ्यांक उपलब्ध भएको सन् १८९४ यताकै सबैभन्दा ढिलो मितिको नयाँ रेकर्ड बनाएको छ, यसअघिको रेकर्ड अक्टोबर २६ मा थियो, जुन सन् १९५५ र त्यसपछि सन् २०१६ मा देखिएको थियो ।
The post माउन्ट फुजीमा अझै हिउँ परेन, रेकर्ड तोडियो appeared first on Samudrapari.