मिटर ब्याज असुलेको भन्दै दाङमा व्यवसायीको नाक काटियो, नाक काटेर भागेकाहरुलाई खोज्दै प्रहरी 

काठमाडौँ । मिटर ब्याज असुलेको आरोपमा दाङका एक व्यवसायीको नाक काटिएको छ । दाङको घोराहीमा नेकपा बहुमतका कार्यकर्ताले एक व्यवसायीको नाक काटिदिएका हुन् । 

घोराहीको विपी चोकस्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला व्यवसायी धनबहादुर बस्नेतका नाक काटेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बस्नेतको नाक काट्नेहरु नेकपा बहुमतका कार्यकर्ता हुन् । हाल उनीहरु फरार छन् । व्यवसायी बस्नेतको नाक काटेर फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

हाल घाइते बस्नेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् । 

Source : https://arthasarokar.com/2024/11/a-businessmans-nose-was-cut-off-in-dang-for-charging-meter-interest-the-police-are-looking-for-those-who-escaped-after-cutting-off-their-nose.html