रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थप सात दिन हिरासतमा रहने भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले लामिछानेलाई अनुसन्धानका लागि २५ दिन हिरासतमा राख्न माग गरे पनि अदालतले सात दिनको समय दिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई अदालतले पहिला ६ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको थियो। अनुसन्धान प्रक्रिया पूरा नभएपछि बिहीबार फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो।

The post रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493818/