राजासहितको प्रजातन्त्रमा समझदारी हुनुपर्छः अध्यक्ष लिङदेन

कालिकोट । कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्र्तगत राष्ट्रिय प्रजातन्त पार्टीले कालिकोटको सदरमुकाम मान्मम आम सभा सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष हर्षबहादुर मल्लको सभा अध्यक्षतामा संचालन गरिएको भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही, सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रबक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौं केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेका छन् ।

आमसभालाई सम्बोधन गर्ने क्रममा राप्रपाका अध्यक्ष लिङ्देनले सरकार, कांग्रेस, एमाले र माओवादीका कारण देशले भोग्नु परेको दुरावस्थाका ’bout चर्को धारणा व्यक्त गरेका छन् । राप्रपाका नेताहरुले कुनै पक्षलाई पनि निषेध नगर्ने गरी राजासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गरिनुपर्ने विषयमा जोड दिएका छन् ।

राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका ’boutमा जनतासंग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रा गरिरहेका उपाध्यक्ष रविन्द मिश्रले बताए ।

यस्तै कार्याक्रममा राष्ट्रिय प्रजातन्त पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले कर्णालीको विकासमा संसदमा एक्लै भएपनी गर्जिरहने बताएका छन् ।

कर्णाली भ्रमणमा रहेका केन्द्रिय अध्यक्ष राजेन्द्र लेङदेल उपाध्यक्ष रविन्द मिश्र लगायतका नेताहरुसंगै कालिकोटको सदरमुकाम मान्ममा आयोजित सभामा शाहीले यस्तो बताएका हुन ।

कर्णालीको विकासमा कर्णालीबासीहरुको आवाजलाई म एक्लै भएपनी संसद र काठमाण्डौमा बोलिरहने बताए ।अहिलेसम्म कर्णालीको नाम बेचेर काठमाण्डौमा यसआरम गरिरहेका नेताहरुले कर्णालीका जनताको दुख बुझेनन् ।

यहाँको सम्भावना बोकेको कृर्षि वस्तु बुझेनन, जडीबुटी बुझेनन । अझै पनि आफु एक्लै भए पनि कर्णालीको आवाज बुलन्द गरिरहेको अठोट व्यक्त गरे ।

कर्णालीका जनताले सधैभरी उही नेता प्रतिनिधि पठाउनुले जनताले दुख पाएको भन्दै उही मान्छेलाई हैन अव केही काम गर्न सक्ने नेतालाई भोट हालेर पठाउन अपिल समेत गरे ।

सभाको संचालन पार्टी सचिव मदन रोकायाले गरेका थिए भने सभामा पार्टीको नेता तथा कार्यकर्ता जनवर्गीय संगठनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

The post राजासहितको प्रजातन्त्रमा समझदारी हुनुपर्छः अध्यक्ष लिङदेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102773/