राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभरद्वारा ‘ट्राभल किट’ हस्तान्तरण

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले ‘ट्राभल किट’ हस्तान्तरण गरेको छ।

बुधबार एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा युनिलभरले नेपाली टिमलाई ट्राभल किट दिएको हो।

युनिलिभर नेपाल लिमिटेडका मार्केटिङ हेड सौरभ कारन्जितले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पन्कजविक्रम नेम्वाङको उपस्थितीमा सो सामग्री प्रदान गरेका हुन्। सो अवसरमा बोल्दै अध्यक्ष नेम्वाङले युनिलिभरले अन्तर्राष्ट्रिय फुटबलमा महिला टिमलाई सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाली फुटबललाई निरन्तर सहयोग गर्न आग्रह गरे।

दीर्घकालीन, मूल्य–सञ्चालित साझेदारी, महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टुर्नामेंटहरूसँग युनिलिभरले परम्परागत स्पन्सरसिप भन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ।

Source : https://newsofnepal.com/2024/10/16/673642/