लक्ष्मीपूजाको दिन हिजो बिजुलीको उच्च माग, १ हजार ६ सय २ मेगावाट

काठमाण्डौ – यस वर्ष लक्ष्मीपूजाको दिन हिजो देश भित्र बिजुलीको उच्च माग अर्थात् (पिक डिमाण्ड) एक हजार छ सय दुई मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गएको वर्ष कात्तिक २६ गते लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक हजार चार सय ३८ मेगावाट थियो । गएको वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक सय ६४ मेगावाट धेरै हो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन ...

Source : https://ujyaaloonline.com/story/108379/2024/11/1/the-high-demand-for-electricity-is-1622-megawatts



Related Posts