लघुकथा : तादृश
बाइलोजीको क्लासमा थियौं हामी। सर जुकाको जीवनचक्रका बारेमा पढाउँदै हुनुुहुन्थ्यो। र, भन्नुभयो, ‘जुकाले रगत चुस्छ, चुस्छ र, अघाएपछि चुस्न छाड्छ। नत्र त्यसको भुँडी फुट्छ।’ यस्ता सन्दर्भ आएपछि हामी नेपाली विद्यार्थीको भने आँखासामु रिल घुमे जस्तै विविध कालखण्डका अनेकन् क्षेत्रका लगालग अनुहारहरू आउने भन्या! यिनमा चुस्न छाडे जस्ता कोही देखिएका थिएनन्। कसैको भुँडी फुटेको पनि थाहा […]