ललितपुर महानगरपालिकालाई १ लाख जरिवाना

काठमाडौं ।

 काठमाडौँ. महानगरपालिकाले ललितपुर महानगरपालिकालाई १ लाख रुपियाँ जरिवाना तिराएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अस्पतालजन्य हानिकारक फोहोर फ्याकेपछि  ललितपुर महानगरपालिकालाई कारबाही स्वरुप १ लाख रुपियाँ  जरिवाना गरेको हो ।  कामपा वातावरण व्यवस्थापन विभागका निमित्त  प्रमुख सरिता राईले हस्ताक्षर गरी ललितपुर महानगरपालिकालाई पत्र पठाएको हो । 

  ललितपुर महानगरपालिकाले पत्र बुझेपछि फोहोरमैला व्यवस्थापन गर्ने आधिकारिक निकायका बारेमा प्रश्न गरेको थियो । सो विषयमा ललितपुर महानगरपालिकाले शहरी विकास मन्त्रालयसंग समेत फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौँ महानगरपालिका हो कि शहरी विकास मन्त्रालय भन्दै प्रश्न उठाएको थियो ।  

Source : https://newsofnepal.com/2024/11/26/680133/