विचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशन

काठमाण्डौ – सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारमा रहेको सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उहाँले निर्देशन दिनुभएको हो । बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाउनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो । बैठकमा समिति सभापतिहरु...

Source : https://ujyaaloonline.com/story/108057/2024/10/22/speakerinstructions-submit-billunder-consideration