विद्यालय जाँदै गरेकी बालिकाको स्कुल बसले किचेर मृत्य

धनुषा– धनुषामा विद्यालय जाँदै गरेकी बालिकाको स्कुल बसले किचेर मृत्यु भएको छ । धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको हो ।

आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले बालिकालाई किचेको थियो । गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । बालिकालाई बसले किचेपछि आक्रोशित बनेका स्थानीयले स्कुल बसभित्र रहेका विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेर क्षति पुगेको छ ।

घटना स्थलमा एउटा साइकल देखिएको छ। बालिका साइकल चढेर स्कुलतर्फ जाँदै गर्दा पछाडिबाट बसले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

Source : https://onlinetvnepal.com/2024/10/185102/