विश्वकप लिग-२ : नेपालले अमेरिकालाई दियो २८७ रनको लक्ष्य, रोहितले बनाए ९६ रन

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकालाई २ दुई ८७ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राती भएको खेलमा नेपालले अमेरिकालाई दुई सय ८७ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २ दुई ८६ रन बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडलले सानदार प्रदर्शन गरे । उनले ७५ बलमा ९६ रन बनाए । सोही क्रममा उनले तीन छक्का र ८ चौका प्रहार गरे ।

नेपालका लागि अनिल साहले ६२ बलमा ५६ रन बनाए । उनले ५ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ५३ बलमा ५२ रन बनाए । सो क्रममा उनले एक छक्का र ७ चौका हिर्काए ।

कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले एक बलमा एक रन बनाए ।

अमेरिकाको लागि नोसथुस केन्जिगेले सर्वाधिक ४ विकेट लिए । सौरभ नेत्रावलकरले २ विकेट लिए । जसदीप सिंह, हरमित सिंह र स्याड्ली भान श्यालवाएकले समान एक-एक विकेट लिए ।

Source : https://www.khasokhas.com/211108