शेयर बजार १५ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो
काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा पुगेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पाेरेट विकास बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ङादी ग्रुप पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्...
Source : https://ujyaaloonline.com/story/109257/2024/11/25/nepse-raised-by-15-points