संग्रहालय सम्बन्धी ऐनको खाँचो औल्याइयो
ललितपुर ।
संग्रहालय सम्बन्धी ऐनको अभावमा देशभर खोलिएका सयौं संग्रहालयको व्यवस्थापन कठिनाइ भइरहेको सम्बद्धहरुले बताएका छन्।
पाटन संग्रहालय विकास समितिको २७ औँ स्थापना दिवसको अवसरमा पाटन दरबार क्षेत्रस्थित केशवनारायण चोकमा आयोजित समारोहका वक्ताहरुले सो कुरा बताएका हुन्।
धातुकला संग्रहालयको रुपमा रहेको विकास समिति ऐन २०१३ अनुरुप गठन आदेशबाट विसं २०५३ सालमा पाटन संग्रहालय विकास समिति गठन गरिएको थियो।
सो अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डले संस्कृतिको संरक्षण र त्यसको प्रवर्द्धन सहित उचित प्रचारप्रसारको माध्यमबाट पर्यटन उद्योगको प्रवर्द्धनमा टेवा पु¥याउनुपर्नेमा जोड दिए। उनले नेपालको सांस्कृतिको विविधतालाई आर्थिक विकाससँग जोडेर त्यसको समुचित लाभ संस्कृति संरक्षण गर्नेहरुले पाउनुपर्ने विचार पनि व्यक्त गरे।
सो अवसरमा मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख डा.सुरजसुरेश श्रेष्ठ २०४६ साल यता विभिन्न खालको संग्रहालय खुल्ने क्रम बढ्दै गएको उल्लेख त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन संग्रहालय सम्बन्धी ऐनको खाँचो औँल्याए। संग्रहालय व्यवस्थापन सम्बन्धी ऐन मस्यौदा तयार गर्ने कार्य भइरहेको जनाउँदै महाशाखा प्रमुख डा. श्रेष्ठले विशेष ऐनको रुपमा संग्रहालय सम्बन्धी ऐनलाई पारित गर्न सांसद्हरुको ध्यानाकर्षण गराए ।
‘ नेपालमा हजारौ संग्रहालय खोल्न सक्ने सम्भावना छन्। अनेक विषयगत संग्रहालय छन्। आदिवासी जनजातिको पोशाक, बाजागाजाका अलग संग्रहालय छन्। सैनिक,प्रहरीका संग्रहालय छन्। पुरातत्व विभाग अन्तर्गत अनेक संग्रहालय छन् । ती सबै संग्रहालय सञ्चालनलाई निर्देशन गर्न त्यस सम्बन्धी ऐन जरुरी रहेको छ ।’ उनले भने।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डले पुरातात्विक महत्वका सामग्रीको संकलन, संरक्षण, त्यसको अभिलेखीकरण, अध्ययन अनुसन्धानमा संग्रहालयले ठूलो टेवा पु¥याएको बताए। नेपालको संस्कृति, सम्पदा विश्वसामु फैलाउन संग्रहालयको महत्वपूर्ण भूमिका रहेको पनि उनको भनाई रहेको छ ।
सो अवसरमा पाटन संग्रहालय विकास समितिका कार्यकारी निर्देशक मञ्ज्ुसिंह भण्डारीले पुरातात्विक सामग्रीको अध्ययन र इतिहासको खोज गर्ने र नेपालको धातुकलाको उन्नतस्तरलाई फैलाउन पाटन संग्रहालयको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरिन् ।कार्यकारी निर्देशक भण्डारीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ७० हजार पर्यटकहरुले संग्रहालयको अवलोकन गरेको जानकारी दिइन् । त्यसमध्ये ३५ हजार देशबाहिरका रहेका छन्।
सो अवसरमा वरिष्ठ क्रोधकला शिरोमणी र समितिका सुरेन्द्र महर्जनलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो। कालु कुमाले ८१ वर्षको उमेरमा बनाएको ६ फिटको बाराहीयोगीनी मूर्ति संग्रहालयलाई प्रदान गरेको थियो।
सोही अवसरमा संग्रहालयको स्मारिका पनि लोकार्पण गरिएको थियो। समितिका अधिकृत सुरेश लाखेले समितिले सग्रहालय सञ्चालसंगै सम्पदा संस्कृतिबारे अनेक खोज, अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए ।