सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
काठमाण्डौ – सङ्खुवासभामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको ज्यान गएको हो । भारतीय नम्बर प्लेटको टिपर हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उहाँले बताउनुभयो । दुर्घटना...
Source : https://ujyaaloonline.com/story/108356/2024/10/31/2-people-died-tipper-accident-sankhuwasabha