समस्याग्रस्त सहकारीका ६ हजारभन्दा धेरै बचतकर्ताको बचत रकम फिर्ता

काठमाण्डौ – समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले अहिलेसम्म ६ हजार एक सय ५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । त्यस्तै चार सय ३८ मागदावीकर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी अहिलेसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार भुक्तानी गरिएको हो । समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीमध्ये अहिलेसम्म तीनवटा सहकारीको मागदावीकर्ताको रकम फिर्ता गरी राफसाफ भएको छ । समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त ती...

Source : https://ujyaaloonline.com/story/108314/2024/10/30/more-than-6000-savers-savings-returned-