समाचारको विषयमा पत्रकारलाई धम्की, महासंघले जनायो आपत्ति

काठमाडौँ । केटिएम भ्वाइसका सम्पादक रोयल आचार्य धम्की आएको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारको विषयमा धम्की आएपछि महासंघले घटनाप्रति आपत्ति जनाएको हो ।

पत्रकारलाई धम्की आएको विषयमा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।

समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्की नै दिनु कानूनी रुपमा गलत भएको भन्दै महासंघले आपत्ति जनाएको हो । साथै महासंघले धम्की दिनेलाई कानूनी कारबाही गर्न माग गरेको छ । हेर्नुहोस विज्ञप्ति:

Source : https://arthasarokar.com/2024/11/the-federation-objected-to-the-threat-to-the-journalists-regarding-the-news.html