साउनयता ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार
काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गएको साउनयता दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत उनीहरुको उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले ती गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत पालिकासँग सडक बालबालिकाको तथ्याङ्क पनि माग गरेको छ । विभिन्...
Source : https://ujyaaloonline.com/story/109188/2024/11/24/55-pregnant-women-labor-have-been-rescued