सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री ओली
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै थप सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार सामाजिक सुरक्षा कोषद्वारा आयोजित सातौं सामाजिक सुरक्षा दिवस को अवसरमा उनले ९० दिनभित्र योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने व्यवस्था गरिने घोषणा गरे। साथै, योगदानकर्ताको उपचारमा एक लाखभन्दा बढी खर्च भए, त्यसको ५० प्रतिशत कोषले व्यहोर्ने योजना अघि सारिएको बताए।
प्रधानमन्त्री ओलीले संविधानले प्रदान गरेका मौलिक हक र दायित्वप्रति सरकार पूर्णतः जिम्मेवार रहेको उल्लेख गर्दै नेपाललाई गरिबी र पछौटेपनबाट उन्मुक्ति दिलाई आधुनिक, विकसित र समृद्ध राष्ट्र बनाउने आफ्नो लक्ष्य पुनः दोहोर्याए। कार्यक्रमका क्रममा कोषअन्तर्गत उत्कृष्ट योगदानकर्ता तथा सेवा प्रदायक विभिन्न व्यक्ति र संस्थाहरूलाई प्रधानमन्त्रीको हातबाट सम्मान प्रदान गरिएको थियो।
The post सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री ओली appeared first on Samudrapari.