सुनको मूल्यमा हरेक दिन रेकर्ड, आज पनि कीर्तिमान

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको मूल्यले हरेक दिन रेकर्ड ब्रेक गरेको छ। दसैँपछि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य मंगलबार पनि बढेर नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ। छापावाल सुनको मूल्य अघिल्लो दिन १ लाख ६५ हजार ६०० रुपैयाँ थियो भने मंगलबार ३०० रुपैयाँले वृद्धि भएर १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ। यो वृद्धि क्रम जारी रहँदा सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँको नजिक पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबारको तुलनामा वृद्धि भएको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ९५ रुपैयाँ थियो भने मंगलबार चाँदीको मूल्य २ हजार १०० रुपैयाँ पुगेको हो।

The post सुनको मूल्यमा हरेक दिन रेकर्ड, आज पनि कीर्तिमान appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493651/