सेयर बजारसँगै ह्वात्तै बढ्यो कारोबार रकम
समाचार सुन्नुहोस :
काठमाडौँ – आज बुधबार सेयर बजारको परिसूचक नेप्से बढेको छ। आज नेप्से ३८.८१ अंकले बढेर परिसुचक २७५५ मा कायम भएको छ । सेयर बजारसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । आज १ करोड ७१ कित्ता सेयर किनबेच हुदा ९ अर्ब ३१ करोडको कारोबार भएको छ ।
कारोबारमा आएका १९९ कम्पनीको सेयर बढेको छ भने ५० कम्पनीको सेयर घटेको छ । यस्तै ५ कम्पनीको सेयर स्थिर रह्यो । कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्टक्चरले सर्वाधिक ३४ करोडको कारोबार गर्यो भने जानकी फाइनान्स,पीपुल्स हाइड्रो, सप्तकोसी डेप्लजमेन्ट बैक अगाडि रहे ।
आज ७ कम्पनीको सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, कर्णाली डेव्लप्मेन्ट बैंक, कर्पोरेड डेव्लप्मेन्ट बैंक, सिन्धु बिकास बैंक, सर्पोट माइक्रोफाइनान्स र मानुशी लघुबित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
The post सेयर बजारसँगै ह्वात्तै बढ्यो कारोबार रकम appeared first on Samudrapari.