स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ११ पुग्यो
स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ११ जना पुगेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाएको बताउनुभएको छ । दशकौँ यताकै सबैभन्दा घातक विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा भने क्षीण हुँदै गएको छ । बाढी आउनुभन्दा पहिले दिइने पूर्व सूचना र चेतावनीको पर्याप्ततामा केहीले आलोचना समेत गरेका छन् । केही पीडित नागरिकले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको गुनासो गरेका छन् ।
Source : https://ujyaaloonline.com/story/108428/2024/11/3/death-toll-from-floods-spain-has-reached-211