हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं ।

नेपालले हङकङ सिक्सेसमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्‍यो। नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए।   

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर प्रतिश जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए। अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।

Source : https://newsofnepal.com/2024/11/01/676279/