हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरे

हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरेका छन् । यीमध्ये ११ वटा बाँदर ब्याक्टेरियाको सङ्क्रमणबाट मरेको पुष्टि भएकामा एउटाको परीक्षण हुन बाँकी रहेको बीबीसीले जनाएको छ । द डि ब्राजा चिडियाखानामा शुरूमा १३ अक्टोबरमा ८ वटा बाँदर एकैपल्ट मरेपछि सबैलाई अलग्गै राख्न थालिएको थियो । मरेको बाँदरहरूको परीक्षण गर्दा चिडियाखाना नजिकैको दूषित माटोबाट ब्याक्टेरिया निस्केर सङ्क्रमण फैलिएको पाइएको छ । दूषित माटो, हावा वा पानीको सम्पर्कबाट सर्ने सङ्क्रमण रोग मेलियोइडोसिसका कारण बाँदरहरू मरेका अधिकारीहरूले बताएका छन्...

Source : https://ujyaaloonline.com/story/108115/2024/10/24/12-monkeys-died-in-hong-kong-zoo-in-last-10-days-