५८ बर्ष अघि बनेको ‘माइतीघर’को नाममा फिल्म बन्दै
प्राइभेट सेक्टरबाट बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’ आज पनि चर्चामा छ । यो फिल्मको शिर्ष गीतले आज पनि दर्शकको साथ पाइरहेको छ ।तर, अब यही नाममा नयाँ फिल्म बन्ने भएको छ । ‘माइतीघर’ नाम राखेर निर्माता रोहित अधिकारीले नयाँ फिल्म बनाउने तयारी गरेका छन् ।
यो फिल्मलाई मिलन तामाङले निर्देशन गर्दैछन् । यो फिल्मको हाल स्क्रिप्टको काम भइरहेको निर्माणपक्षले बताएको छ । फिल्मको थिम पोष्टर सार्वजनिक गर्दै पोष्टर पनि सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोष्टरमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई आगामी बर्षको दशैंको फूलपातीबाट रिलिजमा ल्याउने घोषणा निर्माता अधिकारीले गरेका हुन् ।
फिल्म ‘माइतीघर’को कथावस्तु सामाजिक हुने निर्माता अधिकारीले बताए । फिल्मका लागि कलाकारहरु फाइनल गरिएको छैन । चैत्र महिनाबाट फिल्मको छायांकन गर्ने तयारी उनको छ ।
सन् १९६६ मा फिल्म ‘माइतीघर’ बनेको थियो । सोही नाममा ५८ बर्षपछि फेरि फिल्म बन्न लागेको हो ।