६ वर्ष देखि बिषेशज्ञ चिकित्सकको पर्खामा डडेल्धुरा अस्पताल
डडेल्धुरा । सुदूरपश्चिमको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पताल ६ वर्ष देखि विशेषज्ञ चिकित्सकको पखाईमा छ । विशेषज्ञ चिकित्सक नहुदा संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा पुग्ने विरामीले उपचार सेवा पाउन सकेका छैनन् ।
डडेल्धुरा अस्पताल उप क्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष भयो । तर दरबन्दी अनुसारका बिषेशज्ञ चिकित्क कहिल्यै पाउन सकेन । ११औँ तहको मेडिकल सुपरिटेनडेण्ट एक जना दरबन्दी रहेको अस्पतालमा हाल १०औँ तहका चिकित्सक कार्यालय प्रमुख छन । अस्पतालमा ९,१० तहाका १७ जना बिषेशज्ञ चिकित्सको स्विकृत दरबन्दि भएपनि हाल स्थायी १ जना र अस्थाई ९ जना गरि १० जना मात्रै रहेको सोमबार आर्थिक वर्ष २०८०–०८१ को वर्षिक समिक्षा कार्यक्रममा अस्पतालका निमित्त मेसु डा. नरेन्द्र कुमार खनालले जानकारी दिए ।
८औँ तहका १८ जना मेडिकल अधिकृतको पद स्विकृत भएको मा १४ जना स्थायी र १४ जना कारर गरि २८ जना रहेको उनले बताए । नेपाल सरकारले छात्रबृत्तिमा पढाउने चिकित्सक मात्रै डडेल्धुरा अस्पताल आउने र दुई वर्ष नपुग्दै जाने भएकाले चिकित्सकको दरबन्दि रिक्त रहन पुगेको अस्पतालका निमित्त मेसु डा. खनालको भनाई छ ।
गत वर्षभरि अस्पतालबाट एक लाख ५८ हजार ६३३ जना बिरामीले उपचार सेवा प्राप्त गरेको उनले प्रश्तुत गरेको तथ्यांकमा छ । सबै भन्दा बढी दिर्घ रोगका बिरामी रहेको उनले बताए । तर अस्पतालबाट कति जना विरामी रेफर भए तथ्यांकमा उल्लेख गरिएको छैन ।
अस्पतालका सुचना अधिकारी टंक पन्तका अनुसार तीन ठाउँबाट बिरामी रेफर गरिन्छन । ईमेरजेन्सि, ईनपेसेन्ट र ओपिडिबाट । ईमेरजेन्सिबाट करिब २७० को संख्यामा रेफर भएको हुन सक्ने अनुमान उनले लगाए । तर अन्य दुई ठाउँको जानकारी दिएनन् ।
संघिय सरकारबाट प्राप्त भएको ४० करोड ७८ हजार बरारबरको रकमको ५४ प्रतिशत अर्थात २१ करोड ६० लाख रकम खर्च भएको निमित्त मेसु डा. खनालले बताए । उनका अनुसार अस्पताल विकास समितिमा १० करोड रकम संकलन भएको थियो र शतप्रतिशत खर्च भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार केही दिन अघि मात्रै अस्पतालको नयाँ भवन हस्तान्तरण भएको छ । अबको दुई साता भित्रै अस्पतालले मृगौला डाईलासिस सेवा संचालन गर्ने तयारी थालेको छ । डाईलासिसका लागि दुई वर्ष अघि नै आवश्यक उपकरण खरिद गरिएर थन्काई राखिएका थिए । अस्पतालमा दरबन्दि अनुसारका बिषेशज्ञ चिकित्सको पदपूर्तीका लागि बारम्बार मन्त्रालय र पूर्व प्रधनमन्त्री शेरबहादुर देउवासंग समन्वय गरेको उनले बताए ।
गत कात्तिक २६ गते गृह जिल्ला आएर एक साता बिताएका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती देउवालाई अस्पतालको समुहले भेट गरि दरबन्दि अनुसारको पदपूर्तीका लागि अनुरोध गरेको उनले बताए । दरबन्दि अनुसारका बिषेशज्ञ चिकित्सकको पदपूर्ती हुन नसक्ने भए बिषेशज्ञ सेवासहित भनिएको अस्पताल नाममै सिमिति हुने भनि बारम्बार जानकारी गराउदै आएको उनको भनाई छ ।
संघीय सरकारमातहत सञ्चालनमा रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ५ फागुन २०७५ को मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरेको थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो अस्पतालमा स्तरोन्नति गरिएको थियो । तर, बिषेशज्ञ चिकित्सक नहुदा बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता छ ।
विशिष्ट विशेषज्ञ अस्पताल पाँच सय शय्याको हुनुपर्छ । तर, यो अस्पताल हाल आएर एक सय शय्या क्षमतामा सञ्चालन भइरहेको छ । २०१८ देखि विभिन्न नामले सेवा प्रवाह गर्दै आएको डडेल्धुरा अस्पताल अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट सुरुवात गरेका थिए । त्यो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो ।
२०४५ मा टिम अस्पतालका नाममा २५ शय्यामार्फत स्वास्थ्य सेवा प्रवाह भयो । २०५१ मा ५० शय्यामा स्तरोन्नति भयो । २०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएकोमा ५ फागुन २०७५ मा विशिष्ट विशेषज्ञ सेवासहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो ।
The post ६ वर्ष देखि बिषेशज्ञ चिकित्सकको पर्खामा डडेल्धुरा अस्पताल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104474/