‘गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन’

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउदै यो जग्गामा मारवाडी समितिको मोही हक नलाग्ने स्पष्ट गरको हो ।

कोषले विज्ञप्तिमा भनेको छ- ‘भगवान् श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुई मत छैन, हुनु पनि हुँदैन ।

राज्य चलाउन आवश्यक पर्ने राजश्व भन्दा पनि उच्च स्वरूपमा भगवानको शिवस्व, देवस्व र ब्रह्मस्वले यस्तो नियत राख्ने जो कोहीलाई पनि पोल्ने छ भन्ने पनि हामीलाई राम्रोसँग ज्ञान छ ।’

The post ‘गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102261/