‘स्थानीय निकायहरुलाई मजबुत बनाउनतर्फ अग्रसर छ’

मुख्यमन्त्री सतीशकुमार सिंहले स्थानीय तहलाई थप मजबुत बनाउन सरकार अग्रसर रहेको बताएका छन् ।

कलैयामा शुक्रबार आयोजित एक सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारबाट प्रदान गरिने सःशर्त अनुदानको बजेट स्थानीय तहकै सिफारिसमा खर्च हुने गरी व्यवस्था गर्न लागिएको जनाए । आवश्यकता र औचित्यताको आधारमा बजेट खर्च गर्ने प्रदेश सरकारको नीति अनुसार प्रदेशको ८ वटै जिल्लालाई समान रुपले विकास गर्ने योजना रहेको उनले बताए ।

उनले प्रदेश सरकार अहिले पनि केन्द्र सरकारको मातहतमा परेको हुँदा चाहे जस्तो काम गर्न नसकेको बताए । उनले प्रदेश सरकारसंग प्रहरी नहुँदा शान्ति सुरक्षाका लागि काम गर्न नसकेको बताए । मधेशको विकासका लागि भए पनि सबै मधेशवादी दलहरु एक ठाँउमा उभो सहमति, सहकार्य र एकता भइ हातेमालो गर्न आग्रह समेत गरेका थिए । मुख्यमन्त्री सिंहले कलैयाको गौरवको योजनाको रुपमा रहेको वडा नं.१ मा निर्माणाधीन ’टाउन हल’ को अनुगमन तथा कलैया– २४ स्थित कृषि मेलाको उद्घाटन समेत गरेका छन् ।

सो कार्यक्रमको अध्यक्षता गरिरहेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले पहिलाका मुख्यमन्त्री तथा मन्त्रीहरुले कमिशन बिना बजेट तथा योजना नदिएको गुनासो गर्दै अबको नेतृत्वले त्यसमा ध्यान दिनुपर्ने बताए । सो अवसरमा कलैया उपमहानगरपालिकाका उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकिय अधिकृत नाथु साहलगायतकाहरुलाई मुख्यमन्त्री सिंहले दोसल्ला ओढाइ सम्मान गरेका थिए । जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल लगायतका कार्यक्रममा सहभागी रहेको थियो ।

The post ‘स्थानीय निकायहरुलाई मजबुत बनाउनतर्फ अग्रसर छ’ appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/19/99991/