आन्तरिक उडान साँढे ४ बजेदेखि नै खुल्ने

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दशैँमा रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै खुल्ने जनाएको छ ।

बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौं सहित मुख्य सुगम विमानस्थल बिहान साढे ४ बजेदेखि नै खुला गर्न लागेको हो। यो नियम भोलि घटस्थापनादेखि पूर्णिमासम्म लागू हुने क्यानले जर्नाको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्की, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ ।

अहिले आन्तरिक उडान बिहान ६ बजेदेखि राति २ बजेसम्म भइरहेको छ । यसअघि राति १० बजेसम्म मात्रै आन्तरिक उडान हुने गरेकोमा बाढी पहिरोका कारण आइतवारदेखि आन्तरिक उडानको समय बढाइएको हो ।

Source : https://onlinetvnepal.com/2024/10/184475/