कर्णाली प्रदेश सरकारले डाक्टर उत्पादन गर्न विद्यार्थीलाई सघाउँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारले डाक्टर उत्पादन गर्न विद्यार्थीलाई सघाउँदै आएको छ । कर्णालीमा डाक्टरको कमी हुन नदिन प्रदेश सरकारले प्रदेश भित्रका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको हो । कर्णाली प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयमार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती दिएर सहयोग गर्न थालिएको छ । निर्देशनालयले अहिले चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक चार लाख रुपैयाँका दरले छात्रवृत्ती प्रदान गरिएको निर्दे...

Source : https://ujyaaloonline.com/story/108212/2024/10/27/karnali-government-helping-students-produce-doctor